कञ्चनपुरबाट काठमाडौं जाँदै गरेको बसमा आगलागी - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

कञ्चनपुरबाट काठमाडौं जाँदै गरेको बसमा आगलागी



नवलपरासी । नवलपरासीको दाउन्नेमा यात्रुबाहक एक बसमा आगजनी गरिएको छ। महेन्द्रनगरबाट काठमाडौंका लागि छुटेको ना ६ ख ८४५३ नम्बरको बसमा (बिहिबार)आज बिहान ५ बजेतिरको समयमा आगजनी भएको नवलपरासी प्रहरीले जनाएको छ।

बर्दघाट नगरपालिका ४ को खुर्सानीखोला नजिकै बसमा आगजनी गरिएको र बसको माथिल्लो भाग पुर्णरुपमा जलेको प्रहरीले जनाएको छ। बसमा यात्रु भने सबै सकुसल रहेको प्रहरीले जनाएको छ। बसका चालक र सहचालक फरार छन। बसमा गाडी धनी समेत सवार रहेको र हाल उनी नवलपरासी प्रहरीको सम्पर्कमा रहेको ट्राफिक प्रहरी कार्यलय नवलपरासीले जनाएको छ।

ट्राफिक प्रहरी कार्यालय नवलपरासीका प्रहरी नीरिक्षक युवराज भण्डारीका अनुसार गाडीधनीले बसको इन्जिनमा खराबी आएका कारण आगो लागेको भन्ने प्रारम्भिक बयान प्रहरीलाइ दिएका छन। गाडीमा सवार यात्रुलाइ भने पहिल्यै बाहिर निकालेर अर्को बसमा काठमाडौं पठाएको बताइएको छ। प्रहरीले थप अनुशन्धान गरिरहेको जनाएको छ।