अर्घाखाँची बल्कोट दुबई सम्पर्क समाजद्वारा राजेश नेपालीलाई आर्थिक सहयोग - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

अर्घाखाँची बल्कोट दुबई सम्पर्क समाजद्वारा राजेश नेपालीलाई आर्थिक सहयोग



समीर प्रकाश पाण्डे
युएई

मुटुमा छिद्र परेका तर आर्थिक अवस्था एकदमै कमजोर भएका राजेश नेपालीलाई बल्कोट दुबई सम्पर्क समाजले आर्थिक सहयोग गरेको छ ।

अर्घाखाँची छत्रदेव गाउँपालिका वडा नंः ३ का राजेश नेपालीको मुटुमा छिद्र परेको र तत्कालै अपरेसन गर्नुपर्ने भएको तर परिवारको अवस्था अत्यन्तै नाजुक भएकाले गर्दा राजेश नेपालीलाई बचाउनको लागि बल्कोट दुबई सम्पर्क समाजले आर्थिक सहयोग अभियान केही समय अघि देखि चलाएको थियो ।

सो अभियानबाट हिजोको मितिसम्म सङ्कलन भएको रकम दुई लाख तिन हजार पाँच सय (२,०३,५००/-) छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पौडेल तीन नम्बर वडा अध्यक्ष तेजप्रसाद खनाल समाजसेवी तथा गाउँलेहरूको उपस्थितिमा पीडित राजेश नेपाली तथा बुबा तिलक बहादुर नेपालीलाई सहयोग रकम हस्तान्तरण गरिएको छ ।

पछिल्लो समय अर्घाखाँची दुबई सम्पर्क समाज सामाजिक कार्यमा अग्रसर हुँदै आइरहेको छ । केही समय अगाडि मात्र आगलागीका कारण घर गोठ तथा बस्तुभाउ जलेर नष्ट हुँदा समस्यामा परेका छत्रदेव ८ अर्घातोषका गोपाल रिमालको परिवारलाई ३५ हजार सहयोग गरेका थियो भने त्यस्तै समाजले सोही गाउँकै मिर्गौला पीडित १४ वर्षीय मनीषा नेपालीलाई २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको थियो ।