संस्कारै तोडेर प्रधानसेतापतिको सम्पति सार्वजनिक, एउटा हार मात्र १० लाखको - Himal Post Himal Post
  • १० पुष २०८१, बुधबार
  •      Wed Dec 25 2024
Logo

संस्कारै तोडेर प्रधानसेतापतिको सम्पति सार्वजनिक, एउटा हार मात्र १० लाखको



काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाको सम्पति विवरण पहिलो पटक सार्वजनिक भएको छ । नेपाली सेनाले पहिलो पटक उनको सम्पति विवरण सार्वजनिक गरेको हो ।

उनले कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा सेनाले सम्पति विवरण सार्वजनिक गरेको हो ।

संगठनमा सुधार अभियान थालेको बताउँदै उनले आफ्नो सम्पत्ति विवरण पनि सार्वजनिक गर्न लगाएको बताइएको छ ।

नेपाली सेनामा यसअघि प्रधानसेनापतिको सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रचलन थिएन ।

थापाको काठमाडौं महानगरपालिका २६ मा घर छ भने काठमाडौं, नवलपरासी र लमजुङमा केही पैत्रिक र केही आफूले किनेको जग्गा रहेको उनको सार्वजनिक गरिएको सम्पति विवरणमा उल्लेख छ ।

यस्तै ५५ तोला सुन, ५९० तोला चाँदी, करिब १० लाख रुपैयाँको हार रहेको थापाले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

आफ्नो र श्रीमतीको नाममा बैंक ब्यालेन्स, विभिन्न कम्पनीको सेयर र वित्तीय संंस्थाको ऋण पनि थापाले सम्पत्ति विवरणमा खुलाएका छन् ।