नेकपाको कार्यक्रममै दुई गुटको झडप: नेता कार्यकर्ता घाइते
महोत्तरी– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महोत्तरीमा बबण्डर भएको छ। नेकपा प्रदेश नम्वर २ अन्तर्गतको २ जिल्ला कमिटीको सपथग्रहण कार्यक्रमस्थलमै झडप भएपछी बबण्डर भएको हो ।
यसअघि पनि बिबाद भैरहेको कमिटीमा समाधान नगरी सपथ ग्रहण गराउने तयारी गरीएपछि झडप भएको बताइएको छ ।
झडप हुँदा सप्तरीको राजविराज देवनाथ यादव घाइते भएका छन् । घाइते यादव प्रदेश नम्बर २ का प्रदेश कमिटी सदस्य हुन् । झडपका क्रममा प्रहरीको लाठी चार्जबाट उनको टाउकोमा चोट लागेको जनाइएको छ । यस बाहेक पनि केहि कार्यकर्ता घाइते भएको हुनसक्ने बताइएको छ ।
मनोनयनमा पार्टीका नेताहरुले एकलौटी गरेको भन्दै एक समूहले विरोध गर्दै आएको थियो । विरोधकाबीच अरु जिल्लाको सपथ कार्यक्रम स्थगित गरेर सिरहा र सप्तरीको सपथग्रहण तय गरिएको थियो ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको जिल्ला कमिटी एकीकरणसँगै गठन भएको जिल्ला कमिटीमा मनपरी भएको भन्दै नेता कार्यकर्तामा चरम असन्तुष्टि देखिएको छ ।