चीनसँग तीन महत्त्वपूर्ण सम्झौता - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

चीनसँग तीन महत्त्वपूर्ण सम्झौता



काठमाडौँ: नेपाल र चीनबीच तीनवटा सम्झौतामा हस्ताक्षर भएको छ। 

होटल याक एन्ड यतिमा सोमबार भएको परराष्ट्रमन्त्रीस्तरीय वार्तामा नेपाल र चीनबीच तीनवटा सम्झौतामा हस्ताक्षर भएको हो।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेश मन्त्री वाङको उपस्थितिमा दुई देशका अधिकारीहरूले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्। 

सहमति अनुसार चीनले नेपालको हिमालपारीको जिल्ला भनेर चिनिने मनाङमा ३५ करोड ६० लाख रुपैयाँ लगानीमा अस्पताल बनाइदिने भएको छ। 

चीन सरकारले आपतकालीन सेवाका लागि गृह मन्त्रालयलाई पाँच हजार टेन्ट र वर्षाका कारण बाढीपहिरोबाट प्रभावितलाई १ करोड ६० रुपैयाँ सहयोग उपलब्ध गराउने सहमति भएको छ।

तीन दिने नेपाल भ्रमण सकेर चिनियाँ विदेशमन्त्री वाङ मङ्गलबार स्वदेश फर्कने कार्यक्रम छ।