कांग्रेसभित्र भाँडभैलो- भुपेन्द्र जंग शाहीलाई कारबाही गर्ने तयारी - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

कांग्रेसभित्र भाँडभैलो- भुपेन्द्र जंग शाहीलाई कारबाही गर्ने तयारी



काठमाडौं । नेपाली कांग्रेसमा यतिबेला भाँडभैलो भएको छ । नेपाल तरुण दलका महासचिव भुपेन्द्र जंग शाहीले पार्टीको जागरण अभियानबिरुद्ध बोलेको भन्दै कारबाहीको बाग गरिएको छ ।

राष्ट्रिय जागरण अभियानलाई नौटंकि भन्दै तरुणदलका नाममा अलग कार्यक्रमको परिपत्र गरेपछि पार्टी संस्थापन निकट नेता कार्यकर्ता रुष्ट भएका छन् । उनिहरुले महासचिव शाहीलाई अनुशासनको दायरामा ल्याउन ढिलो गर्न नहुने समेत बताउन थालेका छन् ।

नेपाली कांग्रेस पार्टीको नीति तथा प्रशिक्षण प्रतिष्ठाले भदौ २४ बाट देशभर जागरण अभियान गर्न लागेको बेला तरुण दलका महासचिव शाहीले आइतबार नै तरुण दलका सबै जिल्ला समितिलाई परिपत्र गर्दै वीपी कोइरालाको १०६ औँ जन्मजयन्ती रचनात्मक कार्यक्रम गरि मनाउन भनेका छन् ।

साथै भ्रष्टाचार मुक्त नेपाल सुसाशन युक्त नेपाल अभियान सबै जिल्ला, नगर, गाँउ, वडासम्म लिएर जान तथा भ्रष्टाचार बिरुद्ध अभियान संचालन गर्न शाहीले परिपत्र गरेका हुन् ।

यसअघि पनि महासचिव शाहीले नेतृत्वकाबिरूद्ध गम्भिर आरोप लगाउदै भातृ संस्थाका केन्द्रीय समिती बिस्तारसम्म गर्न नसक्ने गैरजिम्मेवार नेत्तृत्व कुनै आशा नभएको बताएका थिए ।

कांग्रेस नेतृत्वसँग बिद्रोह गर्दै तरुण दलका नाममा शाहीले अलग कार्यक्रम गर्ने घोषणा गरेपछि कांग्रेस नेतृत्व भने झस्किएको छ । उनले नेपाली कांग्रेसको पार्टी नेत्तृत्वलाई जागरणमा जानु अगाडि तरुण दल र नेविसंघलाई पूर्णता दिन जोडदार माग गरेका छन् ।

संस्थापन निकट कतिपय कांग्रेस नेताहरूले भने शाहीलाई अनुशासनको कार्वाही गर्नुपर्ने भन्दै नेतृत्वलाई दबाब समेत दिएका छन् ।