किशोरीमाथि एसिड हान्नेलाई फाँसी - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

किशोरीमाथि एसिड हान्नेलाई फाँसी



काठमाडौं– प्रतिनिधिसभा सदस्य प्रदीप यादवले पर्सामा शुक्रबार किशोरीमाथि एसिड आक्रमण गर्नेलाई फाँसीको सजाय हुनुपर्ने बताएका छन् ।

उनले कानून संशोधन गरेरै भए पनि एसिड आक्रमणकारीलाई फाँसी दिने व्यवस्था गरिनुपर्ने बताए । उनले कानून संशोधनका लागि आफूले संसदमा कुरा उठाउने पनि बताए । ‘कानून संशोधन गरेरै भए पनि एसिड हान्नेमाथि फाँसीको सजायँ हुनुपर्छ’, शनिबार वीरगञ्जमा आयोजित कार्यक्रममा यादवले भने, ‘महिलाको जिन्दगी बर्बाद पार्नेको पनि जिन्दगी बर्बाद पारिदिनुपर्छ ।’

मानिसमा डर पैदा भए मात्र अपराध कम हुने तर्क गर्दैै उनले फाँसीको सजायको व्यवस्था गरिए यस्ता घटना नहुने जिकिर गरे । पर्साको वीरगञ्जमा शुक्रबार स्कुले छात्रा मुस्कान खातुनमाथि एसिड प्रहार भएको थियो ।

एसिड आक्रमणका संलग्न वीरगञ्ज-२ छपकैयाका सम्साद मियाँ र माजिद आलम प्रहरी नियन्त्रणमा छन् ।