आफन्त नेपाल पुरस्कृत - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

आफन्त नेपाल पुरस्कृत



काठमाडौं:मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १३ औं राष्ट्रिय दिवसको अवसरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्धारा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १३ औं राष्ट्रिय दिवसको सन्दर्भमा आयोजित कार्यक्रम मार्फत उत्कृष्ट कार्य गरेवापत मानव बेचबिखन तथा लैङ्गिक हिंसा विरुद्ध विगत १२ वर्षदेखि कार्यरत संस्था आफन्त नेपाल (कीन नेपाल )पुरस्कृत भएको छ ।

संस्थागत कार्य मुल्याङ्कनको आधारमा प्रदान गरिएको उक्त सम्मानले आफ्नो संस्थालाई अझ बढी प्रभावकारी रुपमा अगाडि बढ्न हौसला मिलेको र संस्था अझ जिम्मेवार रुपमा अघि बढ्ने प्रतिवद्धता संस्थाका निर्देशक इन्द्रराज भट्टराईले जनाउनुभएको छ ।

संस्थाले भारत सीमा झापादेखि महेन्द्रनगरसम्मका विभिन्न नाकाहरुमा रहेर सीमा निगरानी, सूचना सम्प्रेषण, परामर्श तथा उद्धार गर्ने तथा उद्धार गरिएका महिला तथा बालबालिकाको पुनस्र्थापना गरी सुरक्षित आवास सेवा र सीप विकास तालिम प्रदान गरी परिवारमा पुनर्मिलन गराउने र व्यवसाय संचालनमा सहयोग गरी आत्मनिर्भर बनाउन सहयोग गर्ने तथा समुदायमा सचेतनामुलक कार्यक्रम संचालन गर्दै आइरहेको छ ।

हरेक वर्ष सयौंको संख्यामा महिला तथा बालिकाको उद्धार गरिरहेको यस संस्थाले विभिन्न मुलुक लगायत भारतको विभिन्न स्थानहरुबाट समेत महिला तथा बालिकाको उद्धार गरी घरफिर्ती तथा समुदायमा पुनर्मिलन गराउँदै आइरहेको छ ।