सेनाको गाडीको ठक्करबाट कलाकार एल.बि पुनको निधन - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

सेनाको गाडीको ठक्करबाट कलाकार एल.बि पुनको निधन



काठमाडौं- अर्घाखाँची जिल्लाको साबिक गोखुंगा हाल मालारानी ९ सेपाने निवासी एल. बि. पुनको सडक दुर्घटनामा मृत्यु भएको छ । भदौ १९ गते साँझ मृत्यु भएको छ।

बिहिबार सांझ सडक दुर्घटनामा पुनको निधन । आफैले चलाईरहेको मोटरसाइकललाई नेपाली सेनाको ट्रकले एक्कासि ठक्कर दिएपछि गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा मृत्यु भएको थियो।

कलाकारितालाई व्यावसायिक रूपमा अङ्गालीरहेका पुनको मोटरसाइकल दुर्घटना भईवीर अस्पतालको ट्रमा सेन्टरमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ। घटना सम्बन्धमा अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।

नेपाली लोक,कला संस्कृतिका एक अभियन्ता पुनले काठमाडौँमा बसेर लोक,दोहोरी,नृत्य र अभिनयमा सक्रिय रूपमा लागेका थिए ।