अनेरास्ववियू संयोजक ऐन महरसहितका नेताहरुमाथि प्रहरीको लाठीचार्ज - Himal Post Himal Post
  • ९ पुष २०८१, मंगलवार
  •      Tue Dec 24 2024
Logo

अनेरास्ववियू संयोजक ऐन महरसहितका नेताहरुमाथि प्रहरीको लाठीचार्ज



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरसहितका नेताहरुलाई प्रहरीले लाठीचार्ज गरेको छ । लाठीचार्जबाट सङ्गठनका संयोजकऐन महर, समिक बडाल, सुदेश पराजुलीलगायतका विद्यार्थी नेताहरु घाइते भएका छन् ।

चिकित्सा शिक्षा अध्ययन संस्थान आईओएमका स्ववियु सभापति मिलन गैरेसहित नेताहरुलाई भेट्न पुगेका उनिहरूलाई प्रहरीले कुटपिट गरेको हो । गैरेसहित नेताहरुलाई प्रहरीले बुधबार बिहान पक्राउ गरेको थियो ।

घाइते विद्यार्थीको बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको बताइएको छ ।