प्रचण्डले भने: अब गति लिन नसके जनताबाटै खतरा छ - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

प्रचण्डले भने: अब गति लिन नसके जनताबाटै खतरा छ



चितवन- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यदि देशको विकासले द्रुत गति नलिएमा जनताबाटै खतरा भएको बताएका छन् ।

चितवनमा बुधबार आयोजित ‘भरतपुर विमानस्थल विकास एवं सुधार’ विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले जनतामा बेचैनी बढेको भन्दै तिब्र गतिमा अगाडी बढ्न नसके समस्या हुने समेत बताए ।

देश विकासमा आफूहरु द्रुत गतिमा अघि बढ्न चाहेको तर त्यस्तो हुन नसकेको बताउँदै प्रचण्डले भने ‘हामीले जे गरेका छौं चाहे त्यो रिङरोडको कुरा होस्, चाहे नारायणीमा जहाज चलाउने कुरा होस्, चाहे राष्ट्रिय निकुन्जभित्रका संरचनाको कुरो होस्, चाहे केरुङदेखि ठोरीसम्मको बाटो विस्तारको कुरा होस्, चाहे रेलवे ल्याउने कुरा होस् सबै काम विकासका नै छन्,’ प्रचण्डले भने, ‘म फेरि पनि भन्छु हामी एक्सनमा जान चाहेका छौं।’

‘भरतपुर विमानस्थल विकास एवं सुधार’ विषयक उक्त अन्तक्रिया कार्यक्रममा प्रचण्डसहित प्रदेश-३ का मुख्यमन्त्री डोरमणि पौडेल, पर्यटनमन्त्री योगेश भट्टराई, भरतपुर नगरपालिकाकी मेयर रेणु दाहाललगायतका सहभागी थिए।