विप्लव नेतृत्वको नगर इञ्चार्ज पक्राउ - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

विप्लव नेतृत्वको नगर इञ्चार्ज पक्राउ



डडेल्धुरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका एक कार्यकर्ता डडेल्धुराबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ‘विप्लव’ समूहका परशुराम नगर इञ्चार्ज तथा जिल्ला सदस्य ३५ वर्षीय दमन नेपाली रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

बुधबार बिहान प्रहरीको टोलीले उनलाई परशुराम नगरपालिका–१० जोजलाबाट पक्राउ गरेको हो । पक्राउ परेका नेपालीलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराको हिरासतमा राखिएको छ।