लुक्लाबाट उडेपछी इन्जिन फेल,पाइलटले गरे सेफ ल्याण्ड - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

लुक्लाबाट उडेपछी इन्जिन फेल,पाइलटले गरे सेफ ल्याण्ड



काठमाडौं – सिता एयरको जहाज ठुलो दुर्घटनाबाट जोगिएको छ । लुक्लाबाट उडे लगत्तै जहाजको इन्जिन फेल भएपछी पाइलट भारत थापाले सकुशल अवतरण गराएपछी यो दुर्घटना टरेको हो ।

उडानको क्रममा आकाशमै इन्जिन फेल भएको जहाज सकुशल काठमाण्डुमा अवतरण गराइएको थियो ।

सिता एयरको –नाइनएन–एजेएच जहाज उडानकै क्रममा इन्जिन फेल भएपछि पाइलट भारत थापाले सकुशल अवतरण गराएका हुन।

थापाका अनुसार उक्त जहाजमा यात्रु भने नरहेको उनले जानकारी दिए। उक्त जहाजको प्राविघिक टोलीले अध्यन गरीरहेको छ।