१२ किलो चरेससहित ४ जना पक्राउ - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

१२ किलो चरेससहित ४ जना पक्राउ



बझाङ । बझाङमा १२ किलो लागु औषध (चरेस) सहित ४ जना पक्राउ परेका छन । बझाङबाट धनगढी जाँदै गरेको यात्रुबाहक बस चेकजाँच गर्दा १२ किलो अवैध चरेश सहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

सोमबार बझाङको सदरमुकाम चैनपुरबाट धनगढीका लागि छुटेकोे ना ८ ख १०७४ नम्बरकोे बस चेकजाँच गर्ने क्रममा अस्थाई प्रहरी चौकी स्याडीले बसको ६ नम्बर सिटको माथि राखेको ३ वटा कालो झोलामाल राखेको १२ किलो लागु औषध (चरेस) फेला पारेकोे जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

अवैध चरेस सहित बझाङ केदास्युँ गाउपालीका वडा नं. ५ बस्ने गाडि साहु वर्ष ४० वर्षीय काँशी ठगुन्नासहित ४ जनालाई नियन्त्रणमा लिएकोे जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख गणेशबहादुर बमले जानकारी दिए ।

प्रहरी प्रमुख बमका अनुसार चारै जनालाई सातदिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।