बैतडीमा माओवादी र एमालेका ६५ कार्यकर्ता डा. महतबाट सदस्यता लिई काँग्रेसमा प्रवेश - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

बैतडीमा माओवादी र एमालेका ६५ कार्यकर्ता डा. महतबाट सदस्यता लिई काँग्रेसमा प्रवेश



हिमाल पोस्ट /बैतडी पुस २३ 
काँग्रेस नेता डा.रामशरण महतबाट प्रदेश ७ को सङ्गठन सुदृढीकरणको लागि एकीकृत काँग्रेस बनाउने अभियानको क्रममा आज बैतडी काँग्रेसद्वारा आयोजित आमसभालाई सम्बोधन गर्दै मुलुकको राजनीतिक समस्या समाधान संसद् अवरुद्धबाट नभई आपसी छलफलबाट समाधान गरिनु पर्ने बताउँदै विगतमा सशस्त्र विद्रोह गरेका माअोवादी समेत शान्ति प्रक्रियाको माध्यमबाट संसदीय पद्धतिमा आई सकेकोले छलफलको राजनीतिलाई निरन्तरता दिनुपर्ने बताउनु भयो।संविधान कार्यान्वयन कठिन विषय भएकोले देशको समस्या समाधानको लागि सबै राजनीतिक शक्तिहरू एकै थलोमा उभिनु पर्ने समेत बताउनु हुँदै संवृद्ध नागरिक ,विकसित मुलुक ,शान्तिपूर्ण राजनीति आजको आवश्यकता रहेको बताउनु भयो।

राजनीतिक समस्याको समाधानको थलो संसद् भएकोले संसद् अवरोध अविलम्ब खोली समस्या समाधानको लागि छलफल अगाडी बढाउनु पर्ने समेत बताउनु भएको छ।कार्यक्रममा माननीय रामकृष्ण यादव, माननीय भरत खड्का, माननीय चन्द्रा जोशी, महासमिति सदस्य रमेश महत र क्षितिज भण्डारीले आआफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रम बैतडीका सभापति नरेन्द्र सिंह थापाको सभापतित्वमा भएको उक्त आमसभामा ४५ माओवादी र एमालेका जिल्ला पदाधिकारी सहित ६५ कार्यकर्तालाई नेपाली काँग्रेसका नेता डा. रामशरण महतले सदस्यता प्रदान गर्नु भएको थियो ।