राष्ट्रिय ढुकुटी स्वाहा पार्ने प्रपञ्च हो कि प्रधानमन्त्रीको स्वास्थ्यमा केहि समस्या छ ? - Himal Post Himal Post
  • ८ पुष २०८१, सोमबार
  •      Mon Dec 23 2024
Logo

राष्ट्रिय ढुकुटी स्वाहा पार्ने प्रपञ्च हो कि प्रधानमन्त्रीको स्वास्थ्यमा केहि समस्या छ ?



काठमाडौं । पछिल्लो ११ दिनदेखि सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सत्तारुढ पार्टी नेकपाका महासचिव विष्णु पौडेल र सचिवालय सदस्य वामदेव गौतम सिंगापुर गएका छन् ।

उनीहरू आज दिउँसो १ बजे सिंगापुर प्रस्थान गरेका हुन् । प्रधानमन्त्री ओली भदौ ५ गते उपचारको लागि सिंगापुर गएका थिए । सिंगापुर पुगेको भोलिपल्टदेखि नै उनको प्लाजा फेरोसिस प्रक्रियाबाट मृगौलासम्बन्धी एन्टिबडीलाई निराकरण गर्ने काम भइरहेको छ ।

आइतबार उनका प्रेस सल्लाहकार कुन्दन अर्यालले यो प्रक्रिया बुधबार पूरा हुने बताएका थिए । सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गरिरहेका प्रधानमन्त्री ओलीलाई नेताद्वय भेट्न जाने भनेपछि सामाजिक सञ्‍जालमा उनीहरूको चर्कोविरोध भएको छ ।

‘इन्टरनेटबाट बैठक सञ्चालन गर्न सकिने स्वास्थ्य अवस्था बुझ्न नसकिने हो । सिङ्गापुरै पुग्नु पर्नेु’, भन्दै फेसवुक प्रयोगकर्ता पवन महराले विरोध जनाएका छन् ।

यस्तै एन सी घिमिरे नामक ट्विटर प्रयोग करताले ट्विट गर्दै लेखेका छन्, ‘लौ न मैले पटक्कै नबुझेको कुरा स्वास्थ्य अवस्था सामान्य हुँदै गएका र शुक्रबार फर्कने भनिएका प्रधानमन्त्री तथा नेकपाका अध्यक्षलाई भेट्न पार्टीका उपाध्यक्ष र महासचिव (एउटै गुटका) तुरुन्तै किन जानुपर्यो होला, भिडियो कन्फर सुविधा छ नि हैन र ?’

अर्का ट्विटर कर्ता लक्ष्मण पुरिले लेखेका छन्, ‘हिजो मात्रै एउटा राष्ट्रिय मिडियाबाट प्रधानमन्त्री शुक्रबार फर्किने समाचार आएको थियो १ आज फेरि वामदेव गौतम र विष्णु पौडेल सिंगापुर जानुको प्रयोजन के ? राष्ट्रिय ढुकुटी स्वाहा पार्ने प्रपञ्च हो कि प्रधानमन्त्रीको स्वास्थ्यमा केहि समस्या छ ? यथार्थ किन बाहिर ल्याइदैँन ?’

उनीहरू पनि प्रधानमन्त्रीसँगै स्वदेश फर्किने छन् । यता खाली प्रधानमन्त्रीको स्वास्थ्यवस्था सुधार भइरहेको समयमा राज्यको ढुकुटि सकेर बेकारमा नेताहरू सिंगापुर गएको भन्दै जनमानसमा आक्रोस बढेको छ ।