जिल्ला अदालतविरुद्ध रवि लामिछाने उच्च अदालतमा
काठमाडौं- जिल्ला अदालत चितवनबाट धरौटीमा छुटेका पत्रकार रवि लामिछाने उच्च अदालत हेटौंडा पुगेका छन्।
जिल्ला अदालत चितवनको थुनछेक आदेशविरुद्ध उनि उच्च अदालत पुगेका हुन् । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता लामिछाने ५ लाख धरौटी बुझाइ रिहा भएका थिए। जिल्ला अदालत चितवनले गरेको आदेशमा पुडासैनी घटनाबारे कार्यक्रममा बोल्न नपाउने उल्लेख छ। यस्तै विदेश जानुअघि जिल्ला अदालतको अनुमति लिनुपर्नेछ।
लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्की पत्रकार पुडासैनीको आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेका थिए। कँडेललाई ३ लाख धरौटीमा र कार्कीलाई साधारण तारेखमा रिहा भएका छन्।
पत्रकार पुडासैनीको गत साउन २० मा चितवनको नारायणगढ बसपार्कस्थित होटल कंगारुमा शव भेटिएको थियो।