सरकारविरुद्ध नेविसंघको प्रदर्शन (फोटो स्लाइड) - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

सरकारविरुद्ध नेविसंघको प्रदर्शन (फोटो स्लाइड)



काठमाडौं–विश्व विद्यालयलगायत शैक्षिक संस्थामा राजनीतिक भागबण्डाका आधारमा नियुक्ति बन्द गर्न माग गर्दै नेपाल विद्यार्थी संघले आइतबार राजधानीको माइतीघरमा प्रदर्शन गरेको छ ।

पछिल्लो समय भागबण्डाको आधारमा पदाधिकारी नियुक्ति गर्दा राजनीतिक भागबण्डाको आधारमा नियुक्ति हुने क्रम बढेकाले सो कार्य बन्द गरी प्रतिस्पर्धाको आधारमा चयन गर्न दवाव दिन खबरदारी र्‍यालीको आयोजना गरिएको नेविसंघका नेता निरञ्जन थापाले जानकारी दिए ।

र्‍यालीमा सहभागीहरुले शैक्षिक क्षेत्रमा लगानी वृद्धि गरिनुपर्ने, राजनीतिक हस्तक्षेप बन्द गरिनुपर्ने नारा लेरिएका ब्यानर र प्लेकार्ड बोकेका थिए ।

र्यालीपछि आयोजित सभालाई सम्बोधन गर्दैै नेविसंघ पूर्वमहामन्त्री कुन्दन काफ्लेले संघमा तत्काल नयाँ नेतृत्व आउनु पर्नेमा जोड दिँदै त्यसमा सबै पक्षको सम्मानजनक सहभागिता हुनुपर्नेमा पनि जोड दिए ।