प्रधानमन्त्री ओलीको योजनाले पूर्णता पाउँदै: बिस्थापित हुँदै तुइन - Himal Post Himal Post
  • ८ पुष २०८१, सोमबार
  •      Mon Dec 23 2024
Logo

प्रधानमन्त्री ओलीको योजनाले पूर्णता पाउँदै: बिस्थापित हुँदै तुइन



तनहुँ – अघिल्लो कार्यकालमा प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको तुइन विस्थापित गर्ने योजनाले पूर्णता पाउन थालेको छ । तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–६ र देवघाट गाउँपालिका–३ जोड्ने खहरेस्थित सेती नदीमाथि झोलुङ्गेपुल केही समय अघि निर्माण गरिएको छ।

तुइन विस्थापित भएपछि सर्वसाधारणले जोखिमयात्रा गर्नबाट छुटकारा पाएको स्थानीयले बताएका छन् ।

तनहुँमा देवघाट गाउँपालिकाको बगन्दी र नवलपुर जोड्ने कालीगण्डकी नदी सोही गाउँपालिकाको कोटा र नवलपुर जिल्ला जोड्ने कालीगण्डकी नदी माथि झोलुङ्गे पुल निर्माण गरिएको छ।

देवघाटकै गरम नरम र नवलपुरको बुलिमराङ जोड्ने कालिगण्डकी नदीमा तथा व्यास नगरपालिका–१३ र रिसिङ गाउँपालिकाको सोलुङघाट जोड्ने सेती मादी नदीमा तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गरिएको बताइएको छ।

त्यस्तै देवघाट गाउँपालिका–४ र चितवन जिल्लाको भरतपुर महानगरपालिकास्थित मुग्लिङ नारायणगढखण्ड जोड्ने स्थानमा र शुक्लागण्डकी नगरपालिकाको झरौटा र ढोरफिर्दी जोड्ने सेती नदीमा पनि जिल्ला प्राविधिक कार्यालयले तुइन हटाई झोलुङ्गे पुल निर्माण गरेको छ।