पर्यटकीय गन्तव्यको रुपमा रहेको पुरैना तालको डिपिआर निर्माणका लागि सर्भे सुरु - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

पर्यटकीय गन्तव्यको रुपमा रहेको पुरैना तालको डिपिआर निर्माणका लागि सर्भे सुरु



हिमाल पोस्ट / घोडाघोडी ।
कैलालीको बर्दगोरिया गाँउपालिका-४ मा रहेको पुरैना ताल पर्यटकीय क्षेत्रको रुपमा बिस्तार हुने भएको छ । जस अन्तर्गत तालको डिपिआर निर्माणका लागि सर्वे थालिएको छ ।

कैलाली निर्वाचन क्षेत्र नम्बर २ का संघिय सांसद झपट बहादुर रावल र प्रदेश सांसद नन्द बहादुर साउदले बिहिबार ताल क्षेत्रको अवलोकन गर्दै डिपिआर निर्माणको लागि सर्भे टोलीलाई सुझाएका छन । साथै सांसदहरुले तालको बिकास र बिस्तारको लागि बजेटको कमी हुन नदिने आश्वासन समेत दिएका छन ।

पुरैना ताल पर्यटकीय क्षेत्रको हिसावले प्रचुर सम्भावना बोकेको हुदा हुदै पनि नेतृत्व पंक्तिको ध्यान नगएको स्वीकार गर्दै संघिय सांसद रावलले मुलुक र समाजको समृद्धीको लागि यस्ता कामहरुलाई तिब्रता दिने बताएका छन । यस क्षेत्रको विकासका लागि चिन्तित भएको भन्दै प्रदेश सांसद साउँदले बर्दगोरिया लगायत क्षेत्र नम्बर २ का पर्यटकीय क्षेत्रको विकासका लागि निरन्तर लागि परेको दाबि गरे । हाल सम्म संरक्षणको अभावमा ओझेलमा परेको उक्त ताल पर्यटकीय क्षेत्रको रुपमा बिकास र बिस्तार हुन थाले संगै स्थानीयमा खुसी छाएको छ । स्थानीय उदय संह बिसीले तालको डिपिआर निर्माण भई पुरैना ताल पर्यटकीय स्थलको रुपमा विकास भए स्थानीयबासीको आय आर्जनमा टेवा पुग्नको साथै बर्दगोरियाको पहिचान समेत हुने विश्वास ब्यक्त गरेका छन ।