यातायतका प्रमुखसहित तीन कर्मचारी घुससहित पक्राउ - Himal Post Himal Post
  • ८ पुष २०८१, सोमबार
  •      Mon Dec 23 2024
Logo

यातायतका प्रमुखसहित तीन कर्मचारी घुससहित पक्राउ



काठमाडाैं : यातायात व्यवस्था कार्यालय सेतीका कार्यालय प्रमुखसहित तीनजना कर्मचारी घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

टोलीले निमित्त कार्यालय प्रमुख गम्भीर सिंह विष्ट, अधिकृत भुवन जोशी र जयराज कारीगरलाई घुस लिँदालिँदै पक्राउ गरेको छ ।

सवारी साधन बिक्री गरी नामसारी गरिदिए वपत सेवाग्राहीसँग घुस लिँदै गर्दा उनीहरु पक्राउ परेको अख्तियारले जनाएको छ ।

उनीहरुको साथबाट अख्तियारले १ लाख ६६ हजार १ सय रुपैयाँ बरामद गरेको छ । घुस वापतको १५ हजार, स्रोत खुल्न नसकेको १ लाख ५१ हजार १ सय रुपमा कार्यालय परिसरबाटै बरामद गरिएको हो । उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।