चितवनका एसपी मल्लको नक्कली फेसबुक अकाउन्ट बनाएर यस्तो हर्कत
चितवन —जिल्ला प्रहरी र्कायालय चितवनका एसपी दानबहादुर मल्लको नाममा फेसबुक अकाउन्ट खोली आपत्तिजनक स्टाटस राखिएको छ ।
भरतपुर निवासी दानबहादुर मल्ल भन्दै खोलिएको अकाउन्टमा आपत्तिजनक स्टाटस राखिएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनको ध्यानाकर्षण भएको होे ।
पत्रकार शालीकराम पुडासैनीको प्रकरणमा पक्राउ परेका कार्यक्रम प्रस्तोता रवि लामीछानेलाई फसाउन मियर रेणु दाहालले एसपी मल्लाई १४ करोड दिएको भन्दै स्टाटस लेखिएको उत्त अकाउन्ट बारे अनुसन्धान भइरहेको एसपी मल्लले बताए । उनका अनुसार उत्त अकाउन्ट केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) बाट समेत अनुसन्धान भइरहेको छ ।
यो सँग सम्बन्धित जो सुकैभए पनि कानुनी दायरामा ल्याएर छाड्ने एसपी मल्लले बताए ।