कञ्चनपुरमा ग्याँस सिलिण्डरबाट आगलागि हुँदा एकको मृत्यु ,दुई घाइते - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

कञ्चनपुरमा ग्याँस सिलिण्डरबाट आगलागि हुँदा एकको मृत्यु ,दुई घाइते



कञ्चनपुर । कञ्चनपुरमा खाना पकाउने ग्याँस सिलिण्डरको पाइप लिक भई आगलागि हुँदा एक जनाको मृत्यु भएको छ । पुनर्वास नगरपालिका- ४ ‘घ’ गाउँ बस्ने शान्ति पौडेलको बुधबार सेती अस्पताल धनगढीमा उपचारकै क्रममा मृत्यु भएको हो ।

बुधबार बिहान साढे नौ बजेतिर भान्सामा आलु उसिन्ने क्रममा एल.पी. ग्यास लिक भई आगलागी हुँदा अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेमा मृतक शान्तिका वर्ष ४६ का श्रीमान नेत्र पौडेल र छिमेकी धनबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
उनिहरु भान्साकोठामा आगलागि हुँदा शान्तिलाई जोगाउन र सामान बाहिर निकाल्ने क्रममा घाइते भएका हुन् ।

भान्सामा पेट्रोल पनि रहेको हुनाले चाडै नै आगो नियन्त्रणमा नआएको र केहिबेरमा दमकल र स्थानियहरुको सहायताले आगो नियन्त्रणमा आएको बताइएको छ ।