कुनै एसियाली खेलाडीले बनाउन नसकेको बुमराहको नयाँ किर्तिमान - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

कुनै एसियाली खेलाडीले बनाउन नसकेको बुमराहको नयाँ किर्तिमान



एजेन्सी- भारतीय फास्ट बलर जसप्रीत बुमराह दक्षिण अफ्रिका, ईङ्ल्याण्ड, अस्ट्रेलिया तथा वेस्ट ईण्डिज विरूद्ध टेस्टमा पाँच विकेट लिने पहिलो एसियाली खेलाडी बनेका छन्।

बुमराहले यी चार देशको पहिलो भ्रमणबाट यो कीर्तिमान बनाएका हुन्।

बुमराहले वेस्ट इण्डिज विरूद्धको दोश्रो पारीमा मात्र सात रन दिदैं पाँच विकेट लिएपछि यस्तो कीर्तिमान बनाएका हुन्।

उनको यस घातक बलिङका कारण इण्डिज भारतले दिएको ४१९ रनको लक्ष्य पछ्याउन नसकी मात्र सय रनमा परास्त भयो। फलस्वरूप खेल भारतले ३१८ रनले जित्‍यो।

‘राम्रो लागि रहेको छ। हामीले बलिङबाट राम्रो दबाब बनायौं । हामीले हाम्रो फाइदाका लागि हावाको प्रयोग गर्‍यौ’, बुमराहले भने, ‘ ड्यूकको बलमा इङ्ल्याण्डमा खेल्दा मलाई खुबै सहयोग मिल्यो। यसले मेरो आत्मविश्वास धेरै नै बढायो, म सँधै एक बलरका रूपमा बढ्न र नविन चिज गर्ने कोशिसमा हमेशा हुन्छु।’

भारत र वेस्ट इण्डिजबीच दोश्रो तथा अन्तिम टेस्ट शुक्रबारबाट किङ्स्टनमा सुरू हुनेछ।