महेन्द्र सिंह धोनीको अर्को अवतार - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

महेन्द्र सिंह धोनीको अर्को अवतार



काठमाडौं । महेन्द्र सिंह धोनी भारतीय क्रिकेटमा चलेको नाम हो । पछिल्लो समय भारतीय सेनामा भर्ती भएपछि धोनीले जे पनि गर्न सक्छ भन्ने चर्चा चल्न थालेको छ । चाहे शिविरमा सामान्य कपाल काटेर होस् वा अर्मीको ड्रेसमा जुत्ता पोलिस गरेर , धोनीले यी क्रियाकलापबाट समर्थकहरुको मन जति रहेका छन् ।

भारतीय क्रिकेट खेलाडी धोनी खेल्न छाडेर भारतीय सेनामा अभ्यास गर्न गएका थिए । पूर्व कप्तान एवं सेनाका लेफ्टिनेन्ट कर्नेल बनेका धोनी कश्मीरको आतंकवाद विरोधी युनिटमा तैनाथ भएका थिए । तनाव चलिरहेका बेलामा सोही क्षेत्रमा १५ दिनको तालिम लिएर उनि फर्किसकेका छन् । उनले टेरिटोरियल आर्मी युनिटमा समय बिताएका थिए । उनी पारा कमान्डोको बटालियनमा १५ दिन ड्युटी गरेका थिए ।

हालै जम्मू र काश्मिरमा १५ दिने सेनाको प्रशिक्षण पूरा गरेर उनी फर्किएपछि तत्काल अर्को काम शुरू गरेका छन् ।

धोनी अहिले आफ्ना प्रशंसकहरु बीच एक नयाँ अवतारमा देखा पर्दै छन् । यस नयाँ अवतारको बारेमा विशेष कुरा के छ भने धोनीको नयाँ लुक राजनीतिसँग सम्बन्धित छ। धोनीको राजनीतिमा प्रवेशको बारेमा अटकल पनि लामो समयदेखि चलिरहेको थियो।

वास्तवमा भारतीय टीमका विकेटकीपर ब्याट्सम्यानले हालै मुम्बईमा एक विज्ञापन शूट गरेका छन्, जसमा उनी एक नेताको रूपमा देखिनेछन्। धोनीको नेता लुक सोशल मीडियामा भाइरल भइरहेको छ। फ्यानहरूलाई धोनीको यो नयाँ अवतारलाई मन पाएका छन् ।

मुम्बईमा यो विज्ञापनको शुटिंगमा धोनीले एक नेताको भूमिका खेलेका हुन् । यति मात्र होइन, उनले दुबै हात टाउको माथि ल्याएर नेताले र्‍यालीमा जनतालाई समर्थन गरेको जस्तो देखिन्छ ।

धोनीको यस अघि बायोपिक चलचित्र ‘एमएस धोनी’ बनिसकेको छ ।