रक्सीले मातेर अभद्र व्यबहार गरेपछि भवन भट्टलाई विमान भित्रबाटै फर्काइयो - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

रक्सीले मातेर अभद्र व्यबहार गरेपछि भवन भट्टलाई विमान भित्रबाटै फर्काइयो



काठमाडौं- गैर-आवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टलाई अधिक रक्सि खाएको कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइको छ।

स्रोतका अनुसार सिल्क एयरबाट सिङ्गापुर जान लागेका भवन भट्ट र शुभदिन अनलाइनका सञ्चालक सनत न्यौपाने अत्यधिक रक्सि सेवन गरि जहाज भित्र पनि अभद्र ब्यबहार गरेका थिए ।

सिल्क एयरको फ्लाइट नम्बर एसएलके ४१३ बोइङ विमानबाट शनिबार राति १० बजे सिंगापुर जान लागेका उनीहरूलाई विमान भित्र बसिसकेको अवस्थामा फर्काइएको हो।

एनआरएनए अध्यक्ष भट्ट र शुभदिन अनलाइनका सञ्चालक सनत न्यौपानेलाई अधिक मद्यपान गरिएको भन्दै सबै प्रक्रिया पूरा गरी विमानमा बसिसकेको अवस्थाबाट फर्काइएको विमानस्थल प्रहरी स्रोतले बतायो।

उनीहरुले मद्यपान गरी अभद्र व्यवहार गरेपछि एयरलाइन्सले उनीहरुसहित उडान गर्न नसक्ने बताउँदै फर्काएको स्रोतको दाबी छ।

घटनापछि भट्ट र न्यौपानेले आफूहरूले मद्यपान गरेको स्वीकार गरेका छन् ।