प्रमोद खरेलले चितवन पुगेर रविलाई के भने ?
काठमाडौँ – चर्चित गायक प्रमोद खरेलले चितवन पुगेर प्रहरी हिरासतमा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई भेट गरेका छन् । भेटमा लामिछानेले आफूले अनुसन्धानमा प्रहरीलाई सघाइरहेको बताएका छन् ।
माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रक्ररणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेले देशमा अझै न्याय नमरेको पूर्ण विश्वास आफूलाई रहेको बताएका छन् ।
उनले आफूले अनुसन्धानमा प्रहरीलाई सघाइरहेको पनि बताएका छन् ।प्रमोद खरेलसँगको भेटमा रविले देशमा अझै न्याय नमरेको र आफू न्याय पाउनेमा विश्वस्त रहेको बताएका हुन् ।
गायक खरेलले शनिबार बिहान आफूले रवि लामिछानेसँग भेट गरेको जानकारी फेसबुकमार्फत दिएका छन् ।