सुखडमा गौरा पर्वको रौनक (फोटो फिचर) - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

सुखडमा गौरा पर्वको रौनक (फोटो फिचर)



विशाल पाण्डेय / कैलाली ।
सुदुर पश्चिम् प्रदेशका विभिन्न जिल्लाहरुमा गौरा पर्व हर्षोल्लासका साथ मंगलबारदेखि सुरु भएको छ । आजको दिन गौराको विषेश पूजाआजा गरी मनाउने चलन रहेको छ । गौरामा विशेष गरी शिव पार्वतीको पूजा गर्ने चलन छ ।

सुदुर पश्चिम् प्रदेशको मौलिक संस्कृति झल्किने गरी मनाइने गौरा पर्व कैलालीको घोडाघोडी नगरपालिका -१ सुखडमा पनि सुरु भएको छ । सप्तमिका दिन शुद्ध कासले वनाएर घरमा भित्र्याइएको गौरा देविको मुर्ति र काठको महेश्वरको मुर्ति लाई घरवाहिर निकालेर ब्रतालु महिलाहरुले पालैपालो गरि ति गौरा देवी र महेश्वर लाई टाउकोमा राखी परिक्रमा गर्ने चलन रहेको स्थानीय गणेश बिष्टले जानकारी दिए ।

गौरा पर्वको अवसरमा केहिदिनसम्म देउडा गित प्रतियोगिता ,घैटो फोड कार्यक्रम, देउडामा पौराणिक कथा, देवी देवताका गाथा गाउने, चैतली, धुमरी, ढुस्को लगायतका भाकामा देउडा खेलेर रमाईलो गर्ने कार्यक्रम रहेको बिष्टले हिमाल पोस्टलाई जानकारी दिए ।