शिकारीले प्रयोग गरेको मोटरसाईकलसहित चित्तल बरामद - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

शिकारीले प्रयोग गरेको मोटरसाईकलसहित चित्तल बरामद



घनश्याम पौडेल / कैलाली ।
कैलालीको गौरीगंगा नगरपालिका ९ शंकरपुरमा पर्ने शिबशंकर सामुदायिक वनमा शिकारीले शिकार गरेको चित्तल सहित मोटरसाईकल बरामद गरीएको छ ।

सामुदायिक वनको भागवानपुर क्षेत्रमा राती २ बजेको समयमा बन्दुक चलेको आवाज आएपछि सा.व.का पदाधिकारीहरुले शिकारीलाई पछाउदै जादा चित्तल र मोटरसाईकल छोडेर शिकारी भागेको जनाईएको छ । शिकारीले मारेको चित्तलको पाठो करिब १ बर्ष उमेरको हुन सक्ने अनुमान गरीएको छ ।

३ फिट लम्बाई र २ फिट उचाइ भएको सो चित्तललाई सव डिभिजन वन कार्यालय मसुरीयाको परिसरमा स्थानिय भद्रभलादमी जनप्रतिनिधि र पत्रकारको रोहवरमा गाडिएको छ ।

शिकारीले प्रयोग गरेको मोटरसाईकल दुई नम्बरी भएको खुलेको सव डिभिजन वन कार्यालय मसुरीयाका सहायक वन अधिकृत सचितानन्द सिंहले बताए । सो पल्सर मोटरसाईकलमा भएको नम्बर अन्य व्यत्तिको भएको यातायात कार्यालय धनगढिले जानकारी दिएको उल्लेख गदै सिंहले भने प्रहरीको सहयोग लिएर अनुसनधान गरीने बताएका छन् ।