रवि छिटै सफाइ पाएर बाहिर निस्कन्छन :श्रेष्ठ

पाल्पा : प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले सञ्चारकर्मी रवि लामिछानेले सफाइ पाउनेमा आफू आशावादी रहेको बताएका छन्। नेपाल पत्रकार महासंघ पाल्पाले शुक्रबार तानसेनमा गरेको पत्रकार भेटघाटमा उनले रविसँग आफ्नो पूर्वाग्रही भावना नभएको समेत स्पष्ट पारेका छन्।
‘बाहिर हल्ला भएजस्तो उनीसँग मेरो व्यक्तिगत रिसइबी छैन,’ उनले भने, ‘अनुसन्धानको दायरामा रहेका रवि छिटै सफाइ पाएर बाहिर निस्कने छन्।’ यद्यपि मृतक पत्रकार शालिकराम पुडासैनीले न्याय पाउनुपर्नेमा उनले जोड दिएका छन्।

