राजतन्त्र फर्केर आउँछ भन्नु पृथ्वी पल्टन्छ भने जस्तै हो:नेता पौडेल - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

राजतन्त्र फर्केर आउँछ भन्नु पृथ्वी पल्टन्छ भने जस्तै हो:नेता पौडेल



वीरेन्द्रनगर : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजतन्त्र कसैले चाहेर अब फर्किन नसक्ने बताएका छन्।

कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानले कर्णाली प्रदेशमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले राजतन्त्र पुनःस्थापना गर्ने सपना नदेख्न चेतावनी दिए।
‘राजतन्त्र फर्केर आउँछ भन्नु पृथ्वी पल्टन्छ भने जस्तै हो,’ पौडेलले भने,‘यस्तो दिवास्वप्ना कसैले नदेखे हुन्छ।’

पौडेलले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले आफ्नो दुईतिहाइ बहुमत संवैधानिक निकाय तर्साउने र नागरिक तथा प्रेसको मुख थुन्न उपयोग गरेको आरोप लगाए।

‘कम्युनिष्टहरुले दुईतिहाइ बहुमतलाई उपयोग गर्न सकेनन्। संवैधानिक निकायलाई तर्साउने, प्रेसको मुख थुन्न खोज्न लगायतका नराम्रा काममा उनीहरुले दुई तिहाइको उपयोग गरे। त्यही कारणले देशमा उकुसमुकुसको स्थिति आएको छ,’ उनले भने।

पौडेललेहिजो जनताले कम्युनिष्टलाई मत दिएपनि अहिले उनीहरुले परिवर्तन खोजिरहेको बताए। अहिले कम्युनिष्ट पार्टीप्रति जनताको विश्वास कम हुँदै गएकाले कांग्रेसलाई सुधारेर जनताको भरोसायोग्य पार्टी बनाउन जरुरी रहेको उनको भनाइ छ।

उनले न्याय, निष्पक्ष र पारदर्शीताका आधारमा पार्टी चलाए पार्टीमा एकता हसने बताए। उनले देउवा, पौडेल भनेर नभई कांग्रेस भनेर हिड्न कार्यकर्तालाई निर्देशन दिए।