पुडासैनी प्रकरण :फेला पर्यो फेरी अर्को प्रमाण - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

पुडासैनी प्रकरण :फेला पर्यो फेरी अर्को प्रमाण



काठमाडौं:पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणको छानबिन गरिरहेको प्रहरीले रवि लामिछाने, युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीको कल डिटेल निकालेर विश्लेषण गरेको छ।

प्रकरणको केन्द्रमा रहेकी युवती अस्मिता कार्कीको मोबाइलमा ‘सिधा कुरा जनतासँग’को प्रसारण संस्था न्युज २४ को ल्याण्डलाइन नम्बरबाट पटक–पटक सम्पर्क भएको देखिएको छ।

‘सिधा कुरा जनतासँगको प्रसारण संस्था न्युज २४ को टेलिफोन नम्बरबाट रुक भनिने अस्मिता कार्कीसँग पटक–पटक सम्पर्क भएको देखिएको छ। शालिकरामले न्युज २४ छोडिसकेको अवस्थामा समेत यसरी सम्पर्क हुँदा बढीमा ५ मिनेटसम्म कुराकानी गरेको भेटिएको छ’, घटना अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृतले भने।

पत्रकार शालिकराम पुडासैनीले ‘सिधाकुरा जनतासँग’ छोडेर माउन्टेन टेलिभिजन गइसकेपछि पटक–पटक सम्पर्क देखिएको विषयलाई अनुसन्धान अधिकारीहरुले अर्थपूर्ण रुपमा लिएका छन्।

स्रोतहरुका अनुसार रवि लामिछानेको मोबाइलबाट सिधै अस्मितालाई सम्पर्क गरिएको छैन। रविले सामान्यतः आफ्नो मोबाइलबाट कसैसँग पनि कुराकानी गर्दैनन्। अरुको फोन समेत रिसिभ गर्दैनन्। उनले सहयोगमार्फत् मात्र मान्छेहरुसँग टेलिफोन कुराकानी गर्ने गरेका छन्। नेपालखबरबाट