नेकपाको अध्यक्ष प्रचण्ड - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

नेकपाको अध्यक्ष प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अब पार्टीमा कार्यकारी भूमिकामा रहने भएका छन् । बिहीबार (आज) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफू स्वास्थ्योपचारका लागि सिंगापुर जान लागेको जानकारी गराउँदै आफ्नो अनुपस्थितिमा पनि पार्टीको बैठक बस्ने जानकारी गराएका थिए ।

यसअघि दुवै अध्यक्ष नभई पार्टीका कुनै पनि औपचारिक बैठक बस्दैनथे । “अहिलेसम्म पार्टीमा आलोपालो अध्यक्षता गर्ने भनिएको भए पनि त्यो अध्यक्ष ओलीले पालना गर्नुभएको थिएन,” नेकपा स्रोतले भन्यो, “अब भने उहाँ सिंगापुरमा रहँदा पनि यहाँ प्रचण्डले बैठक बोलाउन सक्नुहुनेछ ।”

यसअघि ओली विदेशमा रहँदा पार्टीका औपचारिक बैठकसमेत प्रभावित भएका थिए । आज बसेको सचिवालय बैठकले अन्य निर्णय भने नगरेको ती नेताले बताए । बैठकले अध्यक्ष ओलीलाई स्वास्थ्य लाभको कामना गरेको थियो ।