कोमल ओलीले गरिन भारत र भारतीय प्रधानमन्त्री मोदीको प्रशंसा - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

कोमल ओलीले गरिन भारत र भारतीय प्रधानमन्त्री मोदीको प्रशंसा



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद कोमल वलीले भारत र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तकण्ठले प्रशंसा गरेकी छन् ।

भारतीय विदेश मन्त्री एस जयशंकर नेपाल भ्रमणमा आउने दिन पारेर बुधबार राष्ट्रियसभा बैठकको विशेष समयमा वलीले भारत र मोदीको प्रशंसा गरेकी हुन् ।

‘भारत हाम्रो ठूलो व्यापारिक सम्बन्ध रहेको देश हो,’ उनले भनिन्, ‘तेस्रो मुलुकसँग व्यापारिक ट्रान्जिट सुविधा प्रदान गरिरहेको मित्रराष्ट्र पनि हो ।’

भारत र मोदीसँगको व्यवहारमा दलहरुले आफू सत्ता पक्षमा छुं कि प्रतिपक्षमा छु भनेर सोच्न नहुने प्रष्ट पार्दै उनले प्रतिपक्षलाई हिजो सत्तामा हुँदाकोजस्तो राष्ट्रिय हित, छिमेकप्रतिको विश्वास कायम गर्ने सोच कायम राख्न सुझाव दिइन् । ‘प्रतिपक्षमा हुने बित्तिकै छिमेकी देशको सरकारलाई आशंका गर्ने, राजनीतिक रुपमा अविश्वास प्रदा गर्ने खालको सन्देश दिनु हुँदैन,’ उनले भनिन्, ‘किनभने इन्डियामा स्थिर सरकार हुनु भनेको नेपाललाई फाइदा हो । बलियो भारतले मात्र नेपालको हितको रक्षा गर्न सक्छ ।’

भारत होस् या चीन, बलिया छिमेकीले मात्र हामीजस्तो देशको हित गर्न सक्ने उनको भनाइ थियो । ‘हामी बलियो भए उनीहरुको हित हुन्छ र उनीहरु बलियो भए हाम्रो हित हुन्छ,’ सांसद वलीले भनिन्, ‘भारतको स्थिरता र भारतमा बलियो सरकार हुनु नेपालका लागि बेफाइदा होइन कहिले पनि ।’