१५ वर्षिया बालिका बलात्कारको आरोपमा युवक पक्राउ - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

१५ वर्षिया बालिका बलात्कारको आरोपमा युवक पक्राउ



हिमाल पोस्ट / कैलाली ।

कैलालीको गौरीगंगा नगरपालिका -९ भगवानपुरमा १५ वर्षिया बालीकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय मसुरियाका अनुसार आज बिहान करिब ३ बजे बालिकालाई बलात्कार गरेको आरोपमा शंकरपुरका २२ वर्षिय मिलन देवल पक्राउ परेका हुन् ।

पीडित बालिका घरमा सुतिरहेको अवस्थामा देवल घरको धुरीबाट भित्र कोठामा पसि मुख थुनेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

घटनालगत्तै बालिकाको परिवारले ईलाका प्रहरी कार्यालय मसुरियामा जानकारी गराएका थिए । देवललाई आज बिहानै पक्राउ गरि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनगढी पठाइएको ईलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ ।

पिडित बालिकालाई स्वास्थ परिक्षणको लागि धनगढी लगिएको छ । देवल यसअघि पनि करिब ५ महिना अघि बलात्कारको घटनामा थुनामा परि छुटेको प्रहरीले जनाएको छ ।