सिंहदरबारमा मृत भेटिएका नासु केसीको सुसाइड नोट भेटियो, यस्तो छ आत्महत्याको कारण - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

सिंहदरबारमा मृत भेटिएका नासु केसीको सुसाइड नोट भेटियो, यस्तो छ आत्महत्याको कारण



काठमाडौँ। सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगभित्र मृत भेटिएका कर्मचारीको ‘सुसाइड नोट’ भेटिएको छ ।

सोमबार राति कार्यालयमै मृत भेटिएका नायब सुब्बा बच्चु केसीले सुसाइड नोटमा कसैका कारणले नभइ आफ्नै कारण आत्महत्या गरेको उल्लेख गरेका छन् ।

‘कसैका कारण आत्महत्या गरेको होइन । पत्रकार वा अन्यले अर्को अर्थ नलगाउन्’ उनले लेखेका छन् ।

साथै, उनले नोटमा श्रीमतीको नाम लिएर ‘थोरै अंश पाइयो भनेर चिन्ता नगर्नू’ भनेर पनि उल्लेख गरेका अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले जानकारी दिएका छन् । घटनास्थलमा पुगेका सिन अफ क्राइम (सोको) अफिसरले केसीको सुसाइड नोट संकलन गरेका छन् ।

यसलाई परीक्षणका लागि प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइनेछ ।

उनको शव भेटिएको ठाउँ नजिकै धान, गहुँको बालीमा प्रयोग गरिने एक किसिमको किटनाशक औषधिको खोल भेटिएको छ । औषधिसँगै केराको बोक्रा पनि भेटिएकाले उनले केरामा मिसाएर विष सेवन गरेको आशंका गरिएको छ ।

मृतक केसी कीर्तिपुर नगरपालिका टौदहका हुन् ।