किन एक्कासी ओलीले सर्वदलीय बैठक आह्वान गरे ? - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

किन एक्कासी ओलीले सर्वदलीय बैठक आह्वान गरे ?



काठमाडाैं। प्रधानमन्त्री केपी ओलीले आज सर्वदलीय बैठक आह्वान गरेका छन् ।

संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरूलाई साँझ पाँच बजे छलफलका लागि बालुवाटार बोलाइएको छ ।

ओलीले प्रधानमन्त्रीमा निर्वाचित भएको १७ महिनापछि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठक पहिलोपटक आह्वान गरेका हुन् ।

प्रधानमन्त्रीले संक्रमणकालीन न्याय निरुपण सम्बन्धि अल्झिएको विषयका गाँठो फुकाउनका लागि सबै दलका प्रतिनिधिहरूको कुरा सुन्न चाहेको उनको निजी सचिवालयले जनाएको छ ।

सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिहरूको छानविनसम्बन्धी आयोग गत फागुनदेखि पदाधिकारीबिहीन छन् ।