बाैनिया जेसीजद्धारा सहारा घरमा सहयोग - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

बाैनिया जेसीजद्धारा सहारा घरमा सहयोग



कैलाली । बाैनिया जेसीज बर्ष २०१९ काे सप्ताहव्यापि कार्यक्रम अन्तरगतकाे पाचौं कार्यक्रम साेमबार सहारा घरमा सम्पन्न भएको छ । सप्ताह काे पाचौं कार्यक्रम अन्तरगत साेमबार साहारा घरलाई सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रम संयाेजक साखाका उपाध्यक्ष सुनिल भण्डारीकाे अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि बर्दगाेरिया गाउपालिका वडा नम्बर २ का वडा अध्यक्ष भेखुराम चाैधरि रहेका थिए । साे अवसरमा बाेल्दै चाैधरिले जेसीजले गर्ने गरेको कार्यबाट यस क्षेत्रमा रहेका अन्य संस्था हरुले पाठ सिक्नु पर्ने कुरामा जाेड दिए । साे अवसरमा अगाडि बाेल्दै चाैधरिले साहारा घरले बर्दगाेरिया गाउपालिकासंगै समग्र कैलाली जिल्लालाई समग्र राष्ट्रमा परिचित गराउन महत्त्वपूर्ण भुमिका खेलेको कुरा उल्लेख गर्दै साहारा घरलाई सम्पुर्ण स्थानीय तह लगायत संघ संस्थाले सहयोगमा जाेड दिनु पर्ने कुरामा जाेड दिए ।

कार्यक्रम मा विशिष्ट अतिथिकाे अासन बाट बाेल्दै साहारा घरका संस्थापक तथा अध्यक्ष बल बहादुर बिष्टले साहारा घरकाे समग्र बस्तुस्थिकाे बारेमा जानकारि गराउदै त्याहाकाे हालको अावश्यकताका बारेमा उल्लेख गरेका थिए ।

बाैनिया जेसीज बर्ष २०१९ का कार्यकारिणी उपाध्यक्ष ईन्द्र खतिवडा काे स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रम काे सञ्चालन महासचिव मिलन अाेलीले गरेका थिए ।
साे अवसरमा बाैनिया जेसीज बर्ष २०१९ का अध्यक्ष धिरज शाही लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा बाैनिया जेसीजले चाउचाउ ,भुजा,साेयाबिन लगायत सहयोग स्वरुप हस्तान्तरण गरेको थियो ।

बाैनिया जेसीजले बर्ष २०१७ बाट साहारा घरलाई निर्णय गरेरै बार्षिक रुपमा कम्तीमा एक पल्ट सहयोग गर्ने निर्णय गरेको त्यसलाई निरन्तरता दिदै अायकाे र अागामि दिनमा समेत त्यसले निरन्तरता पाउने अध्यक्ष शाहीले जानकारी दिए ।
सप्ताह अन्तरगतकाे छैटाे कार्यक्रमकाे रुपमा मंगलबार बसन्त मुरारी माध्यमिक बिधालयमा धुम्रपान निवारण सम्बन्धि जनचेतना मुलक कार्यक्रमकाे अायाेजना गरिने बाैनिया जेसीले जानकारी दिएकाे छ । सप्ताहकाे समापन भदौ ४ गते हुने छ ।