रविको समर्थकविरुद्ध माताले गरिन् उजुरी - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

रविको समर्थकविरुद्ध माताले गरिन् उजुरी



रवि लामिछानेको भविष्यवाणी गर्ने माता सबिता सरु शर्मा आचार्यले रविका समर्थकले आफूलाई गाली गरेको भन्दै जाहेरी दिएकी छन्।

रवि लामिछानेका समर्थकले युट्युबमा आफूलाई तथानाम गाली गरेको भन्दै उनले सोमबार अपराध महाशाखामा जाहेरी दिएको प्रहरीले जनाएको छ। उनले व्यक्ति किटानी नगरी अन्तर्वार्तामा गालीगलौज गरेर कमेन्ट गरेको भन्दै उनीहरुलाई कारबाही गर्न माग गरेकी छन्। कमेन्ट हेरेर घटनाको अनुसन्धान गरिरहेको महाशाखाले जनाएको छ।

आचार्यले केही समय पहिले रवि लामिछानेलाई छ महिनासम्म दिन राम्रो नभएको भन्दै सचेत रहन म्यासेज पठाएकी थिइन्। उनले मुद्दा मामिला खेप्नुपर्ने हुनसक्छ भन्दै रविलाई फेसबुकमा म्यासेज पठाएकी थिइन्।

यसअघि प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीलाई गाली गर्ने व्यक्तिलाई भने प्रहरीले बाटैबाट छाडिदिएको छ। पप गायक शंकर विकलाई प्रहरीले अछाममा पक्राउ गरेर काठमाडौं ल्याउने क्रममा बाटैबाट छाडिदिएको हो। उच्चतहबाटै छाड्न आदेश आएपछि छाडिएको काठमाडौं प्रहरीका एक अधिकृतले बताए।

पत्रकार शालिकराम पुडासैनीको आत्माहत्या दूरुत्साहनको अभियोगमा रवि लामिछाने पक्राउ परेपछि उनका समर्थक र विरोधी सामाजिक सञ्जालमा गालीगलौजमा उत्रिएका छन्।