घोडाघोडी महोत्सवको आयव्यय सार्वजनिक, साढे नौ लाख नाफा - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

घोडाघोडी महोत्सवको आयव्यय सार्वजनिक, साढे नौ लाख नाफा



विशाल पाण्डेय / घोडाघोडी ।

“कला, संस्कृति, कृषि, पर्यटन र व्यापार, समृद्घ घोडाघोडी विकासको आधार” भन्ने मुल नाराका साथ गत माघमा सम्पन्न भएको घोडाघोडी महोत्सवको आयव्यय सार्वजनिक गरिएको छ । घोडाघोडी उद्योग बाणिज्य संघको आयोजनामा गत माघ १४ गते देखी २३ गतेसम्म महोत्सव सन्चालन भएको थियो ।

महोत्सव संचालन भएको ६ महिनापछि महोत्सव मुल आयोजक समितिले सोमबार आम भेलाको आयोजना गर्दै ४१ लाख ५६ हजार १२१ बराबरको रकमको आयव्यय सार्वजनिक गरेको छ ।

महोत्सव सञ्चालन गर्दा रु ३१ लाख ३४ हजार १०१ रुपैया खर्च भएको महोत्सव आयोजक समितिका आर्थिक संयोजक नन्दराम सापकोटाले प्रतिवेदन प्रस्तुत गरेका छन् ।
महोत्सवमा ९ लाख ६६ हजार २० रुपैयाँ आम्दानी भएको र अझै ५६ हजार रमक उठ्न बाँकी रहेको आर्थिक संयोजक सापकोटाले बताए ।

घोडाघोडी नगरपालिकाको धार्मिक तथा पर्यटनको बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म प्रचारप्रसारमा महोत्सवले थप महत्वपूर्ण भूमिका खेलेको महोत्सव मूल आयोजक समिति संयोजक जियालाल आचार्यले बताए । आचार्यले सबैसंग छलफल गरि महोत्सवमा आम्दानी भएको रकमले घोडाघोडी उद्योग बाणिज्य संघको भवन निमार्णका लागी रकम खर्च गर्ने बताए ।