चितवन प्रशासन कठोर बन्दै,आजदेखि प्रदर्शन गर्न नापईने - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

चितवन प्रशासन कठोर बन्दै,आजदेखि प्रदर्शन गर्न नापईने



भरतपुर। चितवनका सुरक्षाका लागि चितवन प्रशासन कठोर बन्दै बनेको छ ।

दिनदिनै प्रदर्शन र हुलहुज्जत गर्ने क्रम बढेपछि अप्रिय घटना नहोस् भनि चितवन प्रहरी प्रशासन कठोर बनेको हो । भने भरतपुरको चौविसकोठीदेखि मालपोत चोकसम्मको क्षेत्रमा प्रदर्शन गर्न निषेध गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले यो क्षेत्रमा आजदेखि प्रदर्शन र हुलहुज्जत गर्न नदिने भएको हो। अधिकांस अस्पताल र संवेदनशिल क्षेत्र रहेकाले सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले अघोषित निषेधित क्षेत्र बनाउन लागेको हो ।

चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लका अनुसार साेमबारदेखि जिल्लाको सुरक्षा व्यवस्था झन कडा बनाइएको छ ।

उनले भने, ‘विभिन्न क्रियाकलापका कारण यहाँ उपचारका लागि आउने विरामीले सास्ती पाएका छन्,आजदेखि यो क्षेत्रलाई शान्तीपूर्ण राखिनेछ ।’

उनले प्रदर्शनका नाममा अराजक गतिविधि गरे नियन्त्रणमा लिएर कारवाही गर्ने समेत चेतावनी दिएका छन् ।