दिल्लीमा हेल्पिङ हेन्ड्सको कल्चरल ईभेंट हुने - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

दिल्लीमा हेल्पिङ हेन्ड्सको कल्चरल ईभेंट हुने



अर्जुन खनाल /नयाँ दिल्ली ,पुस २१ 
भारतको राजधानी दिल्लीको   लक्ष्मीनगरमा सी ए  अध्यनरत विद्यार्थीहरुले नेप्लिज कल्चरल ईभेंट एवंम् तेस्रो अधिबेशन गर्ने भएका छन् ।दिल्लीमा सी ए अध्यानरत विद्यार्थीहरुका हकहितका लागि निरन्तर लागि परेको नेप्लिज् स्टुडेन्ट हेल्पिङ हेन्ड्सले कार्यक्रमको आयोजना गर्ने बताईएको छ  ।

15878876_1186712471443583_1267617445_n
हेल्पिङ हेन्ड्सका पदाधिकारी

सो कार्यक्रममा बिभिन्न कलाकारहरुले आफ्नो गायन एवंम नृत्य  प्रदर्शन गर्नुको साथै नयाँ कार्यसमितिको पनि चयन हुने कुरा हेल्पिङ हेन्ड्सका सचिब सन्दिप पाण्डेले हिमाल पोस्टलाई जनाकारी गराएका थिए ।

बिगतका वर्षहरुमा जस्तै यसपाली पनि कार्यक्रमलाई सभ्य र भब्य रुपमा समापन गर्ने भन्दै कार्यक्रमको तयारी लगभग पुरा भएको अध्यक्ष मदन बस्नेतले बताए ।उनले थपे “गत वर्ष हेल्पिङ् ह्यान्ड्सले दिल्लीमै पहिलो पटक प्रत्यक्ष निर्वाचन गरेको थियो र यसपाली पनि हामी गर्ने छौ ” ।

कार्यक्रम जनवरी १५को दिन ,दिउँसो २:०० बजे राजाराम मोहन रोय मेमोरियल ट्रस्ट, आई.टि.ओमा सम्पन्न हुनेछ ।