माधव नेपालले पूर्वराजालाई भने पुरानो व्यवस्था फेरि फर्काउने सपना नदेखे हुन्छ - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

माधव नेपालले पूर्वराजालाई भने पुरानो व्यवस्था फेरि फर्काउने सपना नदेखे हुन्छ



पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विधानविपरीत चल्न थालेको भन्दै आलोचना गरेका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गन्डकी प्रदेश कमिटीको प्रथम अधिवेशनको शनिबार पोखरामा उद्घाटन गर्दै नेता नेपालले पार्टी चलाउनका लागि विधि र पद्धति निर्माण गर्नुपर्नेमा जोड दिए ।

एकीकरण टुंग्याउने नाममा जथाभावी कमिटी गठन गरे समस्या निम्तने बताउँदै उनले यस्तो कामले कार्यकर्तालाई निराश बनाउने उल्लेख गरे ।

नेता नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहले पुरानो व्यवस्था फेरि फर्काउने सपना देखेर सलबलाउन थालेको भन्दै सजग बन्नसमेत आग्रह गरे ।

उनले नेपालको राजनीतिक आन्दोलनमा मजदुरहरुको ठूलो योगदान रहेको पनि बताए ।