रवी लामिछाने कानुन भन्दा ठुलो हैनन् :मन्त्री ज्ञवाली - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

रवी लामिछाने कानुन भन्दा ठुलो हैनन् :मन्त्री ज्ञवाली



काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्याको शिलशीलामा अनुसन्धानका लागि पक्राउ गरिएका कार्यक्रम प्रस्तोता रवि लामिछाने कानुन भन्दा ठुलो नभएको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले ठहर गरेका छन् ।

पुडासैनीको भिडियो आफूले पनि हेरेको बताएका उनले, भिडियोका बारेमा पनि प्रहरीले अनुसन्धान गरहेको हुनुपर्ने जिकीर गरे । ‘कानुनभन्दा माथि रवि जी पनि हुनुहुन्न, सोधपुछका लागि प्रहरीले उहाँलाई पक्राउ गरेको हुनुपर्छ’, उनले भने,‘भिडियो इडिटको कुरा आएको त्यसका विषयमा पनि पक्कै अनुसन्धान हुनेछ ।’

गृहजिल्ला गुल्मीमा भएको पत्रकार सम्मेलनका क्रममा मन्त्री ज्ञवालीले मरेको मानिस कसैले आत्महत्या गर्न बाध्य पारेको भनेपछि प्रहरीले अनुसन्धान गर्नु स्वभाविक भएको बताए ।