यसरी प्रेस काउन्सिलले नै लापरबाही गरेपछि ..... - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

यसरी प्रेस काउन्सिलले नै लापरबाही गरेपछि …..



हिमाल पोष्ट/ पुस २१ काठमाडौं

हिजो मात्र साझाकुरा भन्ने पत्रिकाले कनकमणि दीक्षितको समबेदना प्रकाशन गरेको थियो  ।सोही विषयलाई लिएर प्रेस काउन्सिलले जवाफ पेस गर्ने भन्ने बारे पत्र काटेको छ  ।जहा कि पत्र कैले काटियो र कैले ७ दिन पुग्छ भन्ने मिति  नै छैन   ।प्रेस काउन्सिल जस्तो  संवेदनशील अङ्गले यसो गर्दा अन्य पत्रिकाले के गर्लान ?काउन्सिल माथि नै प्रश्न चिन्ह खडा भएको छ ?

15871349_1403602513017680_1593015199_n

के थियो त साझाकुरमा 

प्रेस काउन्सिलले यसै वर्ष “क” वर्गमा सुचिकृत गरेको हेटौंडाको “साझा कुरा” भन्ने पत्रिकाको यो हर्कत देखेर जो कोहीलाई पनि पत्रिका र पत्रकारिताप्रती घृणा जाग्न सक्छ।

केहिदिन अगाडि नेपाली साहित्य जगतका शिखर पुरुष कमलमणि दिक्षितको मृत्यु भयो। सामाजिक सञ्जाल देखि पत्रपत्रीकामा व्यापक समाचार र श्रध्दाञ्जली आए। यति सम्मकी जो कुरा थाहा नहुने साना देखि ठुलासम्म कोही बाँकी छैनन् सायद। कमलमणी कनकमणी दिक्षितका पिता हुन यो पनि धेरैलाई अबगत नै छ।

कमलमणी दिक्षितलाई नेपाली साहित्य जगतमा शिखर पुरुष मानिन्छ। अझ रोचक कुरा त के छ भने त्यो श्राध्दाञ्जलीमा त्यो “संस्थाका पूर्व वरिष्ठ सल्लाहाकार” भनेर लेखिएको छ उनै कमलमणिको श्रध्दाञ्जली प्रकाशन गर्नु पर्नेमा हेटौँडाको एक पत्रिकाले उनका छोरा कनकमणी को श्रध्दाञ्जली प्रकाशन गरेको छ। दु:खको कुरा त के छ भने फोटो पनि कनकमणीको छापिएको छ। जसले मृतक र जीवित छुट्याउन सक्दैन, बाबु र छोरा छुट्याउन सक्दैन त्यै पत्रिका क वर्गमा सुचिकृत गरिएको छ ।

यसरी जीवित मान्छेलाई नै समबेदना दिएको थियो साझा कुराले