राष्ट्रियसभाका अध्यक्ष चढेको हेलिकोप्टर दुर्घटनाबाट जोगियो - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

राष्ट्रियसभाका अध्यक्ष चढेको हेलिकोप्टर दुर्घटनाबाट जोगियो



काठमाडौं- बागलुङको ढाेरपाटनबाट पाेखरा आउँदै गरेको प्रभु कम्पनीको हेलिकोप्टर मौसम प्रतिकूलताका कारण आकस्मिक अवतरण भएको छ। उक्त हेलिकोप्टरमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना सहितको टोली थियो।

ढोरपाटन महोत्सव उद्घाटन गर्न गएका अध्यक्ष तिमिल्सिनाको टोली दिउँसो पोखरा फर्किने क्रममा थियो। खराब मौसमका कारण हेलिकोप्टर रुकुम पूर्वको भूमे गाउँपालिका–६ स्थित बाल जनजागरण आधारभूत विद्यालय परिसरमा अवतरण गरिएको जनाइएको छ।  

टोलीमा गण्डकी प्रदेशका भौतिक योजना तथा विकास मन्त्री रामशरण बस्नेत लगायत पाँच जना थिए।

फाइल तस्बिर