पुडासैनी आत्महत्या प्रकरण:अदालतले भन्यो लामिछानेलाई ५ दिन थुन्नु - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

पुडासैनी आत्महत्या प्रकरण:अदालतले भन्यो लामिछानेलाई ५ दिन थुन्नु



काठमाडौं- सञ्चारकर्मी शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा टिभी प्रस्तोता रवि लामिछाले ५ दिन थुनामा रहने भएका छन्।

जिल्ला अदालत चितवनले लामिछानेलाई हिजो (बिहीबार) बाट लागू हुनेगरी थप अनुसन्धानका लागि ५ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको हो।

न्युज २४ टेलिभिजनको कार्यक्रम ‘सिधा कुरा जनतासँग’ का प्रस्तोता लामिछाने बिहीबार काठमाडौंबाट पक्राउ परेका थिए। उनलाई शुक्रबार बिहान चितवन लगिएको थियो। प्रहरीले अनुसन्धानका लागि म्याद थप्न जिल्ला अदालत पुर्‍याएको थियो।

उनीसँगै पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई पनि पक्राउ गरेको थियो।

चितवनको नारायणढस्थित पोखरा बसपार्कमा रहेको होटेल कंगारुमा पुडासैनी झुन्डिएको अवस्थामा मृत फेला परेका थिए।