नेकपा विवाद अन्त्य ,यी नेताले पाए यस्तो जिम्वेवारी - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

नेकपा विवाद अन्त्य ,यी नेताले पाए यस्तो जिम्वेवारी



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टीको विभाग गठनमा देखिएको विवाद अन्त्य गरेको छ ।

३३ वटा विभागको कार्यविभाजन गर्दै नेतृत्वको टुंगो लगाएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सचिवालय बैठकले स्कुल विभागको जिम्मेवारी ईश्वर पोखरेललाई दिएको छ भने प्रचार विभागमा नारायणकाजी श्रेष्ठ, विदेश विभागमा माधव नेपाल, संगठन विभागमा वामदेव गौतम, अर्थ विभागमा सुरेन्द्र पाण्डे, पर्यटन विभाग योगेश भट्टराई, नीति अध्ययन प्रतिष्ठान विभागको नेतृत्व झलनाथ खनाललाई दिइएको नेता श्रेष्ठले बैठकपछि जानकारी दिए ।