आज सार्वजनिक बिदा

काठमाडौं । दिवंगत आफन्तको स्मृतिमा गाईको प्रतीक तथा विभिन्न झाँकी प्रदर्शन गरेर मनाइने चाड गाईजात्रा शुक्रबारबाट मनाइँदैछ ।
तत्कालीन राजा प्रताप मल्लका छोरा चक्रवर्तिन्द्रको अकस्मात् निधन भएपछि शोकाकुल रानीको मन शान्त पार्न ‘हाम्रा युवराज मात्र होइन दुनियाँका सन्तान पनि मरेका हुन्छन्’ भन्ने देखाउन राजा प्रताप मल्लले गाईजात्रा सुरु गरेको इतिहासमा उल्लेख छ ।
सरकारले शुक्रबार उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

