पुडासैनी आत्महत्या प्रकरण :यदि लामिछाने दोषी भए के हुन्छ ? - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

पुडासैनी आत्महत्या प्रकरण :यदि लामिछाने दोषी भए के हुन्छ ?



काठमाडौं:  पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा प्रहरीले टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई पक्राउ गरेको छ । लामिछानेलाई आज साँझ न्यूज २४ टेलिभिजनको कार्यालयबाटै प्रहरीले पक्राउ गरेको हो । पक्राउ पश्चात लामिछानेलाई के हुन्छ ? भन्ने कौतुहलता आम नागरिकमा रहेको छ ।

यदि उनि दोषी देखिए भने मुलुकी फौजदारी संहिता १८५.२ मा आत्महत्या गर्न दुरुत्साहन दिने र त्यस्तो काम गर्नसम्मको परिस्थिति खडा गर्नेलाई पाँच वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था छ। यो प्रकरणमा आत्महत्या गर्नुअघि पुडासैनीले रवि, युवराज र अस्मिताका कारण आत्महत्या गर्न बाध्य भएको भनेकाले त्यो कुरा पुष्टि भएमा कम्तिमा ५ वर्ष जेल सजाय हुनेछ।

प्रहरीले तीनैजनालाई मुलुकी फौजदारी संहिता दफा १८५ अनुसार अपराध गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ गरेको हो। पुडासैनीसँग उठबस भएको भनिएकी अस्मिता (रुकु) कार्कीलाई प्रहरीले बिहीबार बिहानै पक्राउ गरेर चितवन लगिसकेको छ। फौजदारी अभियोगमा पक्राउ परिसकेपछि २४ घण्टाभित्र अदालतको म्याद लिएर न्यायिक हिरासतमा राखिसक्नुपर्छ। विद्यमान कानुनअनुसार प्रहरीले रविसहितलाई २५ दिनसम्मको न्यायिक हिरासतमा राखी मुद्दा अभियोजन गर्नुपर्छ।